• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

    6.6K
    SHARES



    काठमाडौँ । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

    सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार ४ जनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

    सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ पनि गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका- १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।

    घटना शुक्रबार मध्य राति भएको थियो । डिएसपी रायका अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको पनि स्वीकारेका छन् ।

    आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार ३ जना र आज मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले बताएका छन् ।

    उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । उनीहरुमाथि आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ