• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रदेश २ का महिला र पुरुष सांसदहरुबीच झापड हानाहान, यसकारण घट्यो घटना

    17.4K
    SHARES

    जनकपुर, २३ जेठ । 

    प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले झापड खाएका छन् ।

    तत्कालीन एमालेकी समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्। नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको घटना बुधबारमात्रै सार्वजनिक भएको हो ।

    स्रोतका अनुसार, योजना कम्प्यटुरमा टाइप गर्ने विषयमा सांसद यादव र कम्प्युटर अपरेटरबीच विवाद भएको थियो । अपरेटरको कोठाभित्र सांसद यादव आफ्नो योजना आफै टाइप गर्छु भनेपछि केहीबेर भनाभन भएको थियो ।

    त्यही विवादका बीचमा आक्रामक रुपमा प्रस्तुत भएका सांसद साहले सांसद यादवलाई ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए। सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिइन्। सांसदले सांसदलाई नै कुटेपछि केहीबेर तनाव भएको थियो ।

    सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह पनि संँगै थिए । तर, उनीहरु पनि रमिते बनेका थिए । सांसदको झापड काण्डले नेकपाभित्र विवाद चर्किएको छ। यो घटना मंगलबार प्रदेशसभा बैठक सकिएपछिको हो ।

    यसअघि  गत ४ जेठ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर मन्त्री र सांसदहरु कुटाकुट भएको थियो ।

    सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका थिए । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश २ को सरकारको भविस्य अहिले पनि संकटमा परेको छ ।

    जेठ २ गते भूमिसुधार तथा कृषि मन्त्रालयमा बसेको समीक्षा बैठकमा मन्त्री शैलेन्द्र साह र राज्यमन्त्री योगेन्द्र राय यादवले राजपा नेपालकी प्रदेश सांसद एवम् केन्द्रीय प्रवक्ता डा.डिम्पल झामाथि झण्डै हातपात गरेको उच्च स्रोतले जनाएको छ । डा.झा राजपा नेपालको अध्यक्षमण्डलका अध्यक्ष अनिलकुमार झाकी पत्नी पनि हुन् ।

    मोदीको भ्रमणका बेला जनपरिचालन समितिको जिम्मेवारी पाएका मन्त्री शैलेन्द्र साहले ३५० बस परिचलान गरेको भन्दै फजुल बिल भरपाई पास गर्न माग गरेका थिए । राजपाकी डा.झाले आफ्नो गृहजिल्ला रौतहटबाट बस नआएको र व्यापक भ्रष्टाचार भएको भन्दै विरोध गरेपछि मन्त्रीद्वय साह र यादवले कुर्सीबाट जुरुक्क उठेर कुट्न नजिकै पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसपछि नजिकै रहेका अन्य नेताहरूले मन्त्रीहरूलाई रोकेर छुट्याएका थिए ।

    सांसद डा.झाले नागरिक अभिनन्दनमा भएको खर्चको हिसाव–किताव माग्नुका साथै भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाहीको जोडदार माग गरेकी थिइन् ।

    त्यसपछि बैठक कक्षभित्र उपस्थितहरूबीच भनाभन भएको थियो । डा.झाले भ्रष्टाचारको कुरा उठाएपछि प्रदेश सभाको बैठकमा समेत सो विषयले प्रवेश पाएको छ । यसबारेमा प्रदेश २ का सभामुख सरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई भ्रष्टाचारबारेमा जानकारी गराउन रुलिङ गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ