News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Highlights खेलकुद

कर्णाली सरकारले देखायो हदैसम्मको भिकारी पारा, काठमाडौंमा मुख्यमन्त्री शाहीकै यस्तो बेइज्जत

63.5K
SHARES


काठमाडौँ, २३ जेठ । 

आफ्ना खेलाडीलाई जर्सीको व्यस्था गर्न नसक्दा कर्णाली प्रदेश सरकारको ठूलो बेइज्जत भएको छ । उसले आफ्ना मात्रै नभएर खेलाडीहरुलाई समेत लज्जित गराएको छ ।

बुधबारदेखि काठमाडौँको लगनखेलमा सुरु भएको दशौं राष्ट्रपति रनिङसिल्ड प्रयोगितमा सहभागी हुने खेलाडीहरुलाई प्रदेश सरकारले जर्सीको व्यवस्था नगरेको हो । विहान खेल सुरु हुनै लाग्दा कर्णाली प्रदेशबाट सहभागी हुन आएका खेलाडीहरुसँग जर्सी नभएपछि उनीहरु मैदानमा प्रवेश गर्न पाएनन् ।

कर्णाली सरकार मुख्यमन्त्रीदेखि मन्त्रीहरु करोडपति र लखपति छन् । उनीहरुले अाधा लुकाएर सार्वजनिक गरेको सम्पती विवरणले यही देखाएको छ । सम्पतीमा करोडपति भएपनि चिन्तन र सोचाइमा कर्णाली प्रदेश सरकार भिकारी नै भएको खेलाडीको अवस्थाले देखाएको छ ।

जर्सीकै कारण विवाद उत्पन्न हुँदा खेल निर्धारित समयमा सुरु हुन सकेन । राष्ट्रिय खेलकुद परिषद्ले जर्सी विनाका खेलाडीहरुलाई प्रयोगितामा सहभागी गराउन नसक्ने भनेपछि विवाद सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म खेल सुरु हुन सकेको छैन ।

खेल–तालिका अनुसार आजको पहिलो खेल कर्णाली प्रदेश र प्रदेश नं. २ बिचको महिला भलिबल बिहान १० बजेबाट सुरु हुनुपर्ने थियो । अन्तिम समयमा आएर ब्यवस्थापन पक्षको कमजोरी र लापरबाहीका कारण आफुहरुले मनोवैज्ञानिक दबाब र पीडा खेप्नुपरेको भन्दै खेलाडीले आक्रोश व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश महिला भलिबल टिम क्याप्टेन साबित्रा भण्डारीले जर्सीकै कारण खेल सुरु हुन नसक्नु र अन्तिममा आएर सहभागी हुन पाउने या नपाउने भनेर दुबिधामा बस्नुपर्ने अवस्थाले दुखित बनाएको बताइन् ।

भलिबलका प्रशिक्षक जीवन बहादुर शाहिले अन्तरास्ट्रिय मुल्य मान्यता र खेलकुदको सामान्य परम्परा विपरीत खेलाडीलाई जर्सीबिनै मैदानमा पठाउन खोजेर ब्यवस्थापन पक्षले गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाएका छन् ।

उनले भने, ’मैले कुनै पनि खेल प्रतियोगितामा जर्सी्बिनाका खेलाडीले खेल खेलेको देखेको छैन । यो खेलकुद जगतमा एउटा गाइजात्रा जस्तै हो ।’ खेल र खेलाडीका लागि छुट्याइएको रकम हिनामिना गरेर खेलाडीको बिचल्ली बनाएइको उनको कथन छ ।

बिनाजर्सी खेलाडीहरुलाई पठाएको भन्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको काठमाडौंमा बेइज्जत भएको छ । प्रदेशस्तरीय टिमहरुको सहभागीता हुने रनिङसिल्ड जेठ २५ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया