• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    महेन्द्रनगरको अपी होटलमा घट्यो यस्तो रहस्यमय घटना, पुरै बजार आतंकित

    23.4K
    SHARES

    काठमाडौं, २३ जेठ ।

    कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलका कामदारको रहस्यमय मृत्यु भएको छ । महेन्द्रनगर बसपार्कनजिक रहेको अपी होटलमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–३ आमचौराका भाष्कर सुवेदीको गएराति होटलमै सुतेको अवस्थामा रहस्यमय तरिकाले मृत्यु भएको हो ।

    बेलुका काम सकेर काउन्टर नजिकको भुइँमा म्याट्रेस ओछ्याएर सुतेका सुवेदी बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    दुवैतिरको ढोका बन्द गरी काउण्टरको पछाडिपट्टी सुवेदी सुतेको सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ । बिहान ४ बजे पाहुनाले ढोका खोल्दा नखुलेको र काउन्टरमा फोन गर्दासमेत नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।

    होटल संचालक कैलाश कार्कीले सुवेदी कुनै बिरामी नभएको र दिनभर काम गरेर सुतेको बताए । मृतकको शव पोस्टमार्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।

    उक्त घटनापछि महेन्द्रनगर बजार क्षेत्र आतंकित बनेको छ ।

    प्रतिक्रिया