• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सुन तस्करी काण्डमा तानिने भए यी ‘हाइप्रोफाइल’ कर्मचारी, अरु क-कसको छ नामलिस्ट ?

    15K
    SHARES

    काठमाडौं, २१ जेठ । 

    सुन तस्करी काण्डमा नेपाल सरकारका एक जना हाइ-प्रोफाइल निजामति कर्मचारी पनि तानिने भएका छन् ।

    सुन तस्करीलाई मौलाउन मद्दत गरेको अभियोगमा राजश्व विभागका तत्कालिन प्रबन्ध निर्देशक शिशिर ढुंगाना पनि तानिने भएका हुन् । उनको नीतिगत भ्रष्टाचारका कारण सुन तस्करी मौलाएको स्रोतको दाबी छ ।

    नेपालमा जति सुन समातिन्छ, त्यो सबै सुराकीको सहयोगमा हुने गरेको थियो । तर, ढुंगानाकै नीतिगत निर्णयका कारण सुन तस्करीको सूचना आउन छाडेको बताइन्छ । जसका कारण नेपालमा दैनिक ७० किलोसम्म सुन तस्करी हुन थालेको थियो । ज्यानको जोखिम राखेर सूचना दिनेहरुले पनि सहयोग गर्न छाडे ।

    २०७० सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३५ किलो सुन बरामद गरेको थियो । ३५ किलो सुन पनि व्यूरोले सुराकीकै सहयोगमा समातेको थियो । तर सिआइबीले वास्तविक सुराकीको नाम हटाएर नक्कली सुराकीको नाम राजश्व विभागमा बुझाएपछि वास्तविक सुराकीले न्यायका लागि लडाई नै लड्नुपर्यो ।

    सुराकी दिए बापत बरामद सुनको कूल मूल्यको १५ प्रतिशत कमिसन सुराकीलाई दिने नियम भएकाले उनीहरु जोखिम मोलेर भएपनि प्रहरीलाई सुराकी दिने गर्दथे । तर ३५ किलो सुन बरामदका लागि सहयोग गर्ने सुराकीलाई कमिसन रकम नदिनका लागि नक्कली सुराकीको नाम राखेर विभागमा पठाएपछि घट्नाले अर्कै मोड लियो ।

    वास्तविक सुराकीले आफूहरुलाई कमिसन रकम नदिनका लागि चलखेल गरिएको भन्दै यथार्थ घटना विवरणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिमा उजुरी गरे । उजुरीपछि त्यसबेलाका नेपाल प्रहरीका उच्च अधिकारीलाई नै अख्तियारले सोधपुछ गरेपछि वास्तविक सुराकी अगाडि सार्न बाध्य भएका थिए ।

    अन्ततः नक्कली सुराकीले नै वास्तविक सुराकको नाम उल्लेख गर्दै आफूहरु सुनको सुराक दिने व्यक्ति नभएको भनेर बयान दिएका थिए । प्रहरीले आफ्नै हातमा कमिसन पार्नका लागि आफ्ना मान्छेको नाम नै सुराकको सूचीमा समावेश गरेका थिए ।

    तर, कमिशन रकममा राजश्व विभागले फेरी आँखा गाड्यो । राजश्व विभागका तत्कालिन प्रबन्ध निर्देशक शिशिर ढुंगानाले सुराकी दिने व्यक्तिलाई १५ प्रतिशत कमिसन दिनुपर्ने भएपछि चलखेल गरे । ३५ किलो सुनको मुल्यको १५ प्रतिशत करोडौँ रुपैयाँ हुनेभएपछि ढुंगानाले रातारात नियम परिवर्तन गरिदिए ।

    भन्सार नियमावली २०६४ लाई नै संशोधन गरे १५ प्रतिशतलाई घटाएर ५ प्रतिशत वा ५ लाख रुपैयाँमध्ये जुन थोरै हुन्छ त्यही दिने व्यवस्था ढुंगानाले गरे । ढुंगानाका अगुवाइमा भएको यही संशोधनपछि नै नेपालमा सुन तस्कर मौलाएको थियो । अहिले पनि दैनिक ५० देखि ७० किलोसम्म सुन अवैध रुपमा नेपाल भित्रिने गरेको छ ।

    सचिवस्तरीय निर्णय भन्दै ढुंगानाले सुराकीलाई निरुत्साहित र तस्करलाई उत्साहित पार्ने उक्त निर्णय ७१ साल माघ २९ गते गरेका थिए । त्यसबेलाको बजार मुल्यअनुसार ३५ किलो सुनको १५ प्रतिशत २ करोड १७ लाख हुन्थ्यो । त्यसमध्ये २५ प्रतिशत कर बुझाउँदा पनि सुराकी दिनेको हातमा एक करोड ६३ लाख पथ्र्यो । तर नियम संशोधन गरेर पाँच लाख मात्रै दिने बनाइयो । पाँच लाखको पनि २५ प्रतिशत कर तिर्नुपर्छ ।

    तस्करहरुबाट नै मोटो रकम लिएर सुराकी दिनेलाई पाखा लगाउनका लागि ढुंगानाले नियम संशोधन गराएका थिए ।

    सुराकी दिने व्यक्तिहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटेर यसबारेमा जानकारी गराएका छन् । गृह मन्त्रालयले सुक्ष्म ढंगले यसको अध्ययन गरिरहेकाले ढुंगाना पनि तानिने स्रोतले बतायो ।

    दैनिक नेपाल

    प्रतिक्रिया