• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    राजधानीमा पेट्रोलको हाहाकार हुने संकेत, अधिकांश पेट्रोल पम्प बन्द, लाइनमा नबस्न आग्रह

    17.1K
    SHARES

    काठमाडौं, २१ जेठ ।

    ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन्। पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङकर गुडाएका छैनन्।

    यदि २/३ दिनसम्म मात्रै पनि अवस्था यहि रहिरहने हो भने राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार हुने निश्चित छ । विशेषगरी भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन्।

    यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।

    आइतबार चालकको हड्ताल र शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या बढी देखिएको हो। त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको देखिएको छ।

    नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल सोमबार दिउँसोबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य सुरु भइसकेको बताएको छ।
    निगमका प्रवक्ता बिरेन्द्र गोइतले चालकहरुले हड्ताल छाडेर काममा फर्किसकेको भन्दै नियमित ढुवानी सुरु भइसकेको बताए।

    तेल एक दिन नपाउँदा पनि काठमाडौंका उपभोक्ता माझ त्रास फैलने गरेको छ । यसैवीच पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले आफ्नो साधनमा तेल भएका उपभोक्तालाई लाइनमा नबस्न आग्रह गरेका छन्।

    काठमाडौं उपत्यकामा मात्रै हरेक दिन ५ लाख लिटर पेट्रोल तथा ९ लाख लिटर डिजेलको माग हुने गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ