• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    आत्मसमर्पण गरेका छिरिङको १० पन्ने बयानले प्रहरी चकित, थपियो यस्तो चुनौती

    15.8K
    SHARES

    काठमाडौं, २० जेठ ।

    लामो समयसम्म फरार रहेर आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका सुन तस्करी अभियुक्त छिरिङ वाङ्गेल घलेले सबैलाई चकित पार्ने खालको बयान दिएका छन् ।

    बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् । भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

    उनले बयानका क्रममा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग  चिनजान नै नभएको दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए ।

    छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

    गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’

    भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ । अदालतमा तपाई हालसम्म कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नमा डेविटले पोखरामा जग्गाको कारोबार गरेर बसेको समेत बयान दिएका छन्।

    अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा १० पृष्ठ लामो बयान दिँदै डेविटले अभियोग पत्रमा आफूलाई प्रतिवादी बनाई पनि कसैलाई नचिन्ने बयान दिएका हुन्। छिरिङको बयानले छानविन समितिको छानविन कार्यमाथि थप चुनौती थपिएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ