• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सुनकाण्डबारे पूर्वडिआइजी रमेश खरेलले मुख खोले, हेर्नुहोस् के भने ?

    22.4K
    SHARES

    काठमाडौं, २० जेठ । 

    पूर्वडिआइजी रमेश खरेलले सुन तस्करी र सनम शाक्य हत्याप्रकरण छानबिनका लागि बनेको गृह मन्त्रालयको समिति संयोजक इश्वराज पौडेल अनुभव हिन भएको बताएका छन् ।

    उनले अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई अभियोग लगाउनु त्रुटी भएको बताउँदै अनुसन्धानको दायराका विषयमा पौडेलले नजानेको र अनुभव नभएको पनि बताए ।

    अपराध अनुसन्धानका क्रममा प्रहरी आफैं पनि अपराधी बनेर जानुपर्ने व्यवाहारिकतालाई नबुझेका कारण इमान्दार प्रहरी अधिकारी फँसेको खरेलको टिप्पणी छ ।

    एउटा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनको धारणामा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी र पूर्वडिआइजी हेमन्त मल्लले पनि समर्थन गरेका थिए ।

    यसैबीच तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।

    आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने  घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् ।  घलेले नै हराएको सुन पत्ता नलगाए नछाड्ने भनी गोरेलगायतलाई धम्क्याएका थिए ।

    घलेको आत्मसमर्पणपछि विमानस्थलमा हुने तस्करीको तरिका, त्यसमा संलग्न विमानस्थलका कर्मचारी, प्रहरीको संलग्नताको गहिरो तथ्य पत्ता लाग्ने अनुमान गरिएको छ ।

    सनम शाक्य हत्याका पनि प्रमुख अभियुक्त रहेका चुडामणि उप्रेती गोरेको पक्राउसँगै सुन तस्करीमा फरार अभियुक्त जिल्ला अदालतमा सिधै उपस्थित भई आत्मसमर्पण गर्न थालेका छन् । यसअघि खत्री सिधै अदालत पुगेका थिए । उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

    प्रतिक्रिया