• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन्- योगगुरु रामदेव

    18.7K
    SHARES



    काठमाडौँ। भारतीय योगगुरु बाबा रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति र क्रान्तिका नायक भएको बताएका छन् ।

    खप्तडमा हिजोदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै उनले प्रचण्ड वास्तविक कम्युनिस्ट भएको दाबी गरे ।

    साथै उनले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको पनि बताए । उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ ।’

    यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए । प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको पनि उपस्थिति रहको छ । सम्मेलन ३ दिनसम्म चल्नेछ ।

    सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा तथा नेपाल पर्यटन बोर्ड, स्थानीय तहहरूको समन्वयमा सम्मेलन आयोजना गरिएको हो ।

    खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताएका छन् ।

    त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तड बाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ । सो क्षेत्रमा विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचनाहरु रहेका छन् ।

    खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र समुद्री सतहबाट ३ हजार २ सय मिटरको उचाइमा झन्डै २ सय २५ वर्गकिलोमिटरमा फैलिएको छ ।

    खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकिरहेको छैन । विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, ३ सय ७२ प्रजातिका वनस्पति र एक १ सय ३० थरीका जडिबुटीले भरिपुर्ण मानिन्छ ।

    डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्र खप्तड पुग्नासकिन्छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ