• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जब नचिनेको व्यक्तिले खानेपानीको पाइप काटिदियो…

    2K
    SHARES



    काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका-८ अस्वारामा ३ दिनदेखि खानेपानीको अभाव भएको छ । नचिनेको व्यक्तिले खानेपानीको पाइप काटेपछि करिब ६ सय घरधुरीलाई खानेपानीकाे समस्या भएकाे हाे ।

    अस्वारामा खानेपानीको मुख्य पाइप ठाउँठाउँमा काटिएको छ । केही दिनअघि फुलबारी सामुदायिक वन तुलसीपुर-३ राउटेचौरमा लागेको आगोले खानेपानीको पाइप जलेपछि पानी आउन बन्द भएकाे थियाे ।

    पछिल्लो समय पाइप जलेको ठाउँमा मर्मत गरे पनि फेरि नचिनेको व्यक्तिले ठाउँ-ठाउँमा पाइप काटेकाले धारामा पानी दिन नसकिएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरि भण्डारीले बताएका छन् ।

    काटिएको पाइपकाे मर्मतको काम भइरहेको पनि उनले बताए । पानी आउन बन्द भएपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । धाराको विकल्पमा कुवा पनि नहुँदा समस्या भएको स्थानीयको भनाइ छ ।

    पाइप गाड्न नमिल्ने ठाउँमा अज्ञात व्यक्तिले पाइप काटेको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार खानेपानीको मुख्य पाइप १ हजार २ सय मिटर जति चोरी समेत भएको छ । पाइप काटिएको ठाउँमा मर्मत भइरहेको र जतिसक्दो छिटो पानी धारामा उपलब्ध गराउने भण्डारीले बताएका छन् ।

    पाइप काट्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीमा उजुरी दिएको खानेपानी संस्थाका सचिव ओपेन्द्र बस्नेतले बताए । ट्याङ्करबाट पानी पुर्‍याउन कोसिस गरे पनि ट्याङ्कर समेत सहजरुपमा पाउन नसकिएको उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया