काठमाडौँ। धनुषामा चोरीको भैंसीसहित १ जना पक्राउ परेका छन् ।
जेठ २१ गते राति धनुषाको मिथिला विहारी नगरपालिका-६ पथरा टोलका सुबलाल यादवको गोठबाट हराएका २ वटा भैंसीहित ३७ वर्षीया बलि मुखिया पक्राउ परेका हुन् ।
मुखियाले उक्त २ वटा भैंसी मिथिला विहारी नगरपालिका वडा नम्बर ०७ तारापट्टी टोलस्थित भित्री सडकखण्डमा पैदल हिँडाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मुखियालाई पक्राउ गरी चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जानेको छ ।
प्रतिक्रिया