• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले अध्यक्ष ओली भन्छन्- ६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन

    1.5K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताए ।

    प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको बताएका छन् । उनले भने, ‘अर्थमन्त्रीज्यू तपाईँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन । बिल्कुल हुनेवाला छैन ।’

    आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि ओलीले बताए । अध्यक्ष ओलीले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

    उनले कोको बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दुख लागेको पनि बताए ।

    ‘अर्थमन्त्रीको विरोध गरेको होइन,अर्थतन्त्रको बेहाल भइरहेको छ त्यसप्रति आशु बगाएको हो, जनताको दुखप्रति सजग गराएको हो’, ओलीले भने, ‘एउटा मान्छे छ नियुक्ति गरिएको छ ।

    कसले किन गर्‍यो ? ’ राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरे पनि उनीहरू घाम तापेर बस्ने गरेको यता अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भइरहेको ओलीले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ