काठमाडौँ । पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनीहरूको पहिचान खुलिसकेकाे छैन । प्रहरीका अनुसार सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेकाे हाे ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया