• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मच्छिन्द्र फुटबल क्लब नेपाल पुलिस क्लबसंग पराजित

    2.4K
    SHARES



    काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ ।

    आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २-१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल गरे ।

    मच्छिन्द्रका आफिज ओलावालेले गोल गरे । याे जितसँगै पुलिस ३७ अङ्कसहित चौथौ स्थानमा पुगेको छ । मच्छिन्द्र ३९ अङ्कसहित दोस्रो स्थानमा छ ।

    पुलिस क्लबको जितपछि शीर्ष स्थानको चर्च ब्वाइजलाई उपाधि जित्न सहज भएको छ । चर्च ब्वाइजले अब एक खेल जितेमा उपाधि जित्नेछ ।

    आजै दशरथ रङ्गशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका लागि दिवस उराउ र एनआरटीका लागि दिपेश आलेमगरले गाेल गरे । एनआरटी ३० अङ्कसहित दशाैँ र हिमालयन शेर्पा ३१ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ