काठमाडौँ । सम्झौताअनुसार काम गरेको भुक्तानी नपाएपछि आशिका निर्माण सेवा प्रालिका सञ्चालक अच्युत सापकोटाले प्रहरीमा उजुरी दिएका छन् ।
बुढानिलकण्ठ घर भएका सापकोटाले धादिङ कम्पुर गजुरी गाउँपालिका घर भई हाल काठमाडौं सामाखुशी बस्ने गोकर्ण प्रसाद पण्डित विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
बालाजुस्थित नागाजुर्न कन्स्ट्रक्सन् कम्पनी प्रालिका सञ्चालक पण्डितमार्फत नुवाकोटको सडकमा सडक र पर्खाल लगाएका थिए ।
दुवैबीच २०७५ पुस १९ गते सम्झौता भएको थियो । तर, काम सम्पन्न भएपछि आफूले पाउनुपर्ने ३ करोड ७५ लाख ६३ हजार २ सय पैतालिस रुपैँया भुक्तानी नदिएपछि सापकोटाले उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् ।
प्रतिक्रिया