• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राष्ट्रियसभाको बैठक सोमवार १ बजे सम्मका लागि स्थगित

    773
    SHARES



    काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।

    आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै आजको बैठक अवरुद्ध गरेको हो ।

    त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

    आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेर १ मिनेटका लागि स्थगित भएको हो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ