• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतले नेपाललाई मुर्रा जातको १५ वटा राँगा उपलब्ध गराउने

    1.1K
    SHARES



    काठमाण्डाै। भारतले नेपाललाई मुर्रा जातका १५ वटा राँगा उपलब्ध गराउने भएको छ ।

    नेपाललाई भारतले १५ वटा मुर्रा भैँसी नभइ राँगा दिन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको यो सहमति अहिले निक्कै चर्चाको विषय बनेको छ ।

    सामाजिक सञ्जालमा पनि यो सहमतिलाई आ- आफ्नै तरिकाले चर्चा गरिएको छ । तर नेपालको प्रस्ताव अनुसार भारत १५ वटा मुर्रा जातको राँगा दिन सहमत भएको हो । भारतले दिने यी राँगा दुई वर्षभन्दा कम उमेरका हुनेछन् ।

    निक्कै चर्चा र बहस भएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले यसबारे थप प्रस्ट पार्ने तयारी गरेको पनि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार अब ती राँगा नेपाल भित्र्याउन प्रक्रिया सुरु हुनेछ । त्यसअनुसार भारतले नेपाल- भारत सीमा क्षेत्रमा ल्याइदिनेछ । त्यसपछि नेपालले ग्रहण गर्नेछ ।

    ती राँगा अबको एक- डेढ महिनामा नेपाल भित्रिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यसअघि तत्कालीन कृषि मन्त्री महेन्द्रराय यादव दिल्ली गएका बेला त्यहाँको कृषि मन्त्रालयसमक्ष भैँसी र राँगाका लागि प्रस्ताव गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ