• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मेसी र रामोसको बिदाइ खेलमा पीएसजी पराजित

    1K
    SHARES



    काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भयो ।

    घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका छन् ।

    पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाएका थिए ।

    क्लेमेन्ट फुटका लागि जोन गस्टिनले २४औं र मेहदी जेफानले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए । ग्रेजोन केईले ६३औं मिनेटमा विजयी गोल गरे ।

    अन्तिम खेल हारे पनि च्याम्पियन पीएजीले ३८ खेलबाट ८५ अंक जोड्यो । दोस्रो स्थानको लेन्सले ८४ अंक जेडर लिग सकायो । कलेमेन्ट फुटबले ५९ अंक जोड्दै आठौं लस्थानमा रहेर लिग सकाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ