काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भयो । घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो ।
यसअघि नै पेरिस क्लब छाड्ने घोषणा गरिसकेका मेसी र रामोसले पीएसजीका लागि अन्तिम खेल खेलेका हुन् ।
पीएसजीका लागि अन्तिम खेल खेलेका सर्जियो रामोसले पाँचौ मिनेटमै गोल गरेका थिए भने केलियन एमबाप्पेले २१औं मिनेटमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाएका थिए ।
प्रतिक्रिया