काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस दुरू हुने भाको छ ।
अस्ति शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाण्डौमा थुनछेक बहस सुरु हुन लागेको हो ।
यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।
थुनछेक बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले गर्ने भएका छन् ।
सरकारी वकिलले बहस सकेपछि प्रतिवादीकातर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुने भनिएको छ ।
प्रतिक्रिया