• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ओडिसा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो

    5.5K
    SHARES



    काठमाडौँ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २ सय ८० जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी ९ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

    घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

    उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको १ भएको समाचारमा भनिएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने भनेका छन् ।

    घटनाको अनुसन्धान गर्न १ समिति गठन गरिएको छ । समितिले काम सुरु गरिसकेको केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले जानकारी दिएका छन् ।

    ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन् । रेल दुर्घटनाको विषयमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् ।

    रेलवेको खड़गपुर डिभिजनका डीआरएमका अनुसार रेल दुर्घटनापछि कम्तीमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ