• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    राधाले पाइन् न्याय, ‘बोक्सी’ भन्दै मुड्की र लात्ता बर्साउने ‘भोलेबाबा’लाई अदालत तोक्यो यस्तो सजाय

    15.1K
    SHARES

    कैलाली, १८ जेठ ।

    कथित बोक्सीको आरोपमा युवतीहरुलाई यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ ।

    कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार उनलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

    गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई कथित बोक्सी भन्दै लात्ता र मुड्की बर्साएर निर्घात् कुटपिट गर्दै चरम यातना दिएका थिए ।

    सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ ‘भोलेबाबा’का सहयोगीहरुलाई पनि कैद सजायसहित जरिवानाको फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।

    अदालतकाअनुसार पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि रामबहादुरलाई सघाउनुका साथै आफैंले पनि कुटपिट गरेकी थिइन् ।

    यसैगरी, रामबहादुरका अर्का सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । उनीहरुले हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

    रामबहादुरको सहयोगीकैरुपमा पक्राउ परेका तीनजनाले भने अदालतबाट सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।

    यसैबीच ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।

    स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी छन् ।

    यो पनि पढ्नुहोस्

    बोक्सी आरोपमा राधामाथि निर्घात कुटपिट गर्ने भोलेबाबासहित ६ जना जेल चलान

    चैत ३ गते नेकपाको अाह्‍वानमा कैलाली बन्द, यस्तो पो रहेछ कारण (विज्ञप्तिसहित)

    कैलाली ‘बोक्सी काण्ड’का रमिते मेयरमाथि गोली हानेको भन्दै नेकपाका तीन नेता गिरफ्तार, के हो यथार्थ ?

    राधामाथि कुटपिट हुँदा रमिते बनेका मेयरलाई कसले हान्यो गोली ? अवस्था चिन्ताजनक !

    कैलाली ‘बोक्सीकाण्ड’बारे नेकपाको धारणा बाहिरियो, भ्रष्ट मेयरलाई कडा चेतावनी (विज्ञप्तिसहित)

    आमालाई पिटेर फर्काइयो, बुबालाई दर्शक बनाइयो ! को थिए ती ‘देवता’ जसले राधालाई बचाए ?

    एमालेले मेयर चौधरीमाथि गर्ने भयो कारबाही, हेर्नुहोस् कारण यस्तो गम्भीर छ

    राधामाथि लात्ती र मुड्की बर्साउने भोलेबाबाबारे नयाँ तथ्य बाहिरियो, युवतीमाथि यौन शोषण गरेको खुलासा

    राधा ६ घण्टासम्म निर्घात कुटिदाँ रमिते बनेका मेयरले दिए यस्तो गैरजिम्मेवारी अभिव्यक्ति (हेर्नुहोस् अन्तरवार्ता)

    कैलालीमा लगातार ६ घण्टासम्म निर्घातरुपमा कुटिइन राधा, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ