• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘म मर्दा पाँच फिट जमिन चाहिने हो र एक मुठी धुवाँ उडेर जाने हो त्यसैले म गल्ती गर्दिनँ’

    11.3K
    SHARES



    काठमाडौं। पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताएका छन् ।आज शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले भने,‘यहाँ आफूले घुस खान जान पर्दैन । घुस खुवाउन आफैँ आउँदा रहेछन्। यो कुरा मन्त्री भएपछि थाहा पाएँ। कस्तो मुलुक हो यो ? छक्क पर्छु ।’ हवाई क्षेत्रमा लगाइएको करमा पनि आफ्नो असहमति रहेकोसमेत उहाँले सुनाउनु भयो,‘बजेटमै लिएर मेरो असहमति छ। मैले सम्बन्धित निकायलाई भनिरहेको छु अर्थमन्त्रीसित त सानोतिनो आन्दोलनमै छु भने नि हुन्छ।’

    उनले हवाई क्षेत्रमा कर बढाउँदा हवाई भाडा झनै बढ्ने बताए । ‘यसै पनि हाम्रो मुलुकमा भाडा महँगो छ। यसरी त कसरी पर्यटन बढ्छ ? कसरी आम्दानी बढ्छ,’ उनले भने। उनले भ्रष्टाचारको फाइल अझै खोल्दै जानुपर्ने बताए । ‘ह्वेल माछा समातिए पनि ह्वेल माछालाई भ्रष्टाचारको पौडी खेल्न सिकाउने ह्वेल माछाका बाउआमालाई पनि समाउनुपर्छ।’

    पशुपतिको जग्गा खायो भन्ने प्रसङ्गतर्फ संकेत गर्दै उनले भने, ‘म मर्दा पाँच फिट जमिन चाहिने हो । एक मुठी धुवाँ उडेर जाने हो। त्यसैले म गल्ती गर्दिनँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया