काठमाडौँ। गर्मीका कारण चितवनको भरतपुर महानगरका विद्यालय आउँदो हप्ता बन्द रहने भएका छन् ।
महानगरपालिकाले एउटा सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।
साउन अन्तिम हप्ता दिइने वर्षे बिदा कटौती गरेर आउँदो हप्ता विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले जनाएका छन् ।
साथै महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई घाममा हिँडडुल गर्न नदिन, नदी तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन पनि अभिभावकहरुलाई सचेत गराएको छ ।
प्रतिक्रिया