• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण (फोटोफिचर)

    1.5K
    SHARES



    काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणका क्रममा हिजो बुधवार भारतको नयाँ दिल्ली पुगेका हुन् ।

    भ्रमणमा उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदी, भारतका उपराष्ट्रपति जगदीप धनखडलगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेका छन् ।

    भारत भ्रमणका क्रममा विद्युत् विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्द्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल भएकाे छ ।

    भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल लगायतको टोलि छ ।

    प्रधानमन्त्री प्रचण्ड आउँदाे शनिवार स्वदेश फर्किने भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ