• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मेस्सीले पीएसजी छाड्ने पक्का

    1.4K
    SHARES



    काठमाडौँ। विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन छाड्ने पक्का भएको छ ।

    मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

    मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् ।

    मेस्सीले पीएसजीका लागि अन्तिम खेल आउँदो आइतवार पार्क डि प्रिन्सेस मैदानमा खेल्नेछन् । पीएसजी छाडेर मेस्सी कहाँ लागेका हुन भन्ने खुलेको छैन । सन् २०२१ को अगस्टमा मेस्सी पीएसजीमा आबद्ध भएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया