• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बर्खा सुरु हुन लाग्याे, विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहाैँ : गृहमन्त्री श्रेष्ठ

    794
    SHARES



    काठमाण्डाै । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    आज (बिहीवार) कुरिनटार चितवनमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

    उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने उनले बताए । उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन अग्राहगरे ।

    उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र सङ्कल्पको आवश्यकता रहेको बताए । गृहमन्त्री श्रेष्ठले सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा नागरिकको सेवा गर्ने विश्वास पनि व्याक्त गरे ।

    उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्धारकाे काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । उनले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया