काठमाडौँ। अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ लामापडाकी ६१ बर्षकि पारु देबि बुढाको मृत्यु भएको हो ।
वडा महिला स्वास्थ्य संवयम सेविकाको पदमा २० बर्ष सेवारत रहि हाल सेवा निवृत बुढाको घाँसकाट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
उनको टाउकोमा गम्भीर चोट लागेका कारण घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । श्रीमान र छिमेकिसंगै घाँसकाट्न गएकी बुढाको बिहिबार बिहान सिदुर्याको भीरबाट लडेर ज्यान गएको हो । उनका १ छोरी र ३ छोरा रहेका छन् ।
प्रतिक्रिया