• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आर्थिक संकट बढ्दै गएको भन्दै कर्मचारीको पहिलो श्रेणीको हवाई यात्रामा रोक

    1K
    SHARES



    काठमाडौँ। बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ ।

    देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको छ ।

    घोषणा अनुसार अब सरकारी कर्मचारीले महँगो मानिने ‘ए’ श्रेणीको हवाई यात्रा गर्न नपाउने भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    कोरोना महामारीको प्रभाव र विश्वव्यापी आर्थिक सङ्कटसँग जुध्न बङ्लादेश सरकारले मितव्ययिताका उपायहरू अवलम्बन गरेको छ ।

    बङ्लादेशले गएकाे वर्ष नोभेम्बरमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कर्मचारीहरूको विदेश यात्रामा प्रतिबन्ध समेत लगाएको थियो ।   तर, यो वर्ष मार्चमा विदेश यात्रााको प्रतिबन्ध केही खुकुलो पारिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया