• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतद्वारा गौतमबुद्ध विमानस्थलको ‘आईएलएस’ सञ्चालनको अनुमति

    3.1K
    SHARES



    काठमाण्डाै । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो ।

    यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आएका जहाज काठमाण्डौमा अवतरण हुन नसकेमा भारत लगाएत अरु देशमा जानुपर्ने बाध्यता रहेको थियो । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्न पाउने छन् ।

    यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन ।

    आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सहज हुने भाको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ