• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन अदालतमा हाजिर

    1.3K
    SHARES



    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित् भएका छन् ।

    ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका हुन् । यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो ।

    अदालतमा हाजिर हुन आएका महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

    प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ । तीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेका छन् ।

    काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम जारी रहेको छ । जेठ १२ देखि प्रतिवादीहरुको बयान लिन थालिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ