• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्ड र मोदीले भने- ‘वार्ताका माध्यमबाट सीमाको विषय समाधान हुन्छ’

    638
    SHARES



    काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् ।

    हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् । ‘नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ ’ मोदीले भने ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ