• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    समाजवादी मोर्चा बनाउन विप्लव पनि सहमत छन् : प्रवक्ता महरा

    628
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा बनाउन नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव पनि सहमत रहेको बताएका छन् ।

    शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको २१ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ कार्यक्रममा बोल्दै महराले देशी विदेशी शक्ति समाजवादी मोर्चा बन्न नदिने चलखेलमा लागेकाले क्रान्तिकारी शक्तिहरू चनाखो बन्न जरुरी रहेको पनि बताए । समाजवादी मोर्चा निर्माणको प्रक्रियाले गति लिइरहेको उनको भनाइ थियो ।

    उनले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर राजनेता पनि भएको बताउँदै सेनको आदर्श क्रान्तिकारीहरूले भुल्न नहुने धारणा राखे ।

    यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका इन्चार्ज गोपाल ठाकुरले पार्टीले कृष्ण सेनको आदर्श भुल्न नहुनेमा जोड दिएका हुन् ।

    यस्तै माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले अहिले पार्टी विचार, सिद्धान्त र आदर्शमा स्खलित भएको उल्लेख गरे । उनले माओवादी आन्दोलनलाई पुनः उठाउन सांस्कृतिककर्मीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    शर्माले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर कुशल नेता पनि भएको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ