• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भयाे : प्रधानमन्त्री प्रचण्ड

    479
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भएको बताएका छन् ।

    शनिबार काठमाडौँको साँखुमा प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध सुरु गर्दा मृत्युवरण गरेर हामफालेको भन्दै अहिलेको लडाइँमा पनि कति बेला एम्बुस र घात प्रतिघातमा पर्ने हो टुङ्गो नरहेको बताए ।

    उनले मुलुकमा देखिएको ठूला- ठूला भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै समस्या पनि भ्रष्टाचारका विरुद्धको लडाइँ नरोकिने बताएका छन् ।

    संसदमा विचार र राजनीतिले नभइ सबै संख्याको खेल हुने भएकाले देशको नेतृत्व लिने संख्यामा माओवादी नरहेपनि विभिन्न कारणले अहिले सरकारको नेतृत्वमा माओवादी पुगेको उनले बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा पुगेको दिनदेखि माओवादी पार्टी र नेतृत्वलाई अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको धारणा राखे ।​ उनले सहिदले देखाएका सपना र मुलुकलाई अघि बढाउन जस्तोसुकै चुनौतीको पनि सामना गरेर अघि बढ्ने पनि स्पष्ट पारेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया