काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
केन्द्रीय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सम्बन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ ।
सो भेटमा २ देशबीचको सम्बन्ध र २ पार्टीबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमबार काठमाडौँ फर्कने कार्यक्रम छ ।
शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन् । राउत शनिवार भारत भ्रमणका लागि गएका हुन् ।
प्रतिक्रिया