विनायक । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा शिक्षक र अभिभावकबीचको विवादलाई लिएर बालबालिका दुरुपयोग गरिएको छ । भवनादेवी माविका शिक्षक कैलाश रावल र मिनबहादुर रावलले स्थानीय बगिरबजारमा अभिभावक विनोद रावलबीच मदिरा सेवन गरेर विवाद भएको थियो ।
सामान्य विवादलाई लिएर विद्यलाय बन्द गर्नुको साथै बालबालिकालाई विरोध प्रदर्शनमा उतारिएको छ । सोही वडाको भानु निवासी विनोदले विद्यालय प्रशसनले मनपरी पहिरोको जोखिम रहेको स्थानबाट गिट्टी निकाल्न रोकेको विषयलाई लिएर शिक्षक कैलाशले विवाद सुरु गरेका थिए ।
उनले विद्यालयले सोही क्षेत्रबाट गिट्टी निकाल्न पाउनुपर्ने भन्न थालेपछि विवाद बढ्दै गयो । कैलाशका भाई समेत रहेका अर्का शिक्षक मिन रावलले विनोदलाई गाली गर्दै गिट्टी निकाल्न नदिने भए तिम्रो छोराले स्कुल पढ्न नपठाउने भनेको पत्यक्षदर्शीले बताए । “गिट्टी निकाल्न नदिने भए तेरो छोरा काठमाडौँ पढाई खाउ” शिक्षक मिन रावलले भनेको एक प्रत्यक्षदर्शीले भने ।
विवाद यतिकैमा टुंगिएको भन्ने सबैलाई लागेको थियो तर, शिक्षक कैशाल रावलले मंगलबार नै वडा कार्यालय र प्रहरी चौकीमा गाली बेइजती भएको भन्दै निवेदन दिए । बुधबार प्रहरी चौकी बारलाबाट गएको टोलीले विनोदलाई पक्राउ गरेर ल्याएको छ । प्रहरीले गाउँमै विवाद मिलाउन खोज्दा निवेदक नै नआएपछि सँगै ल्याएर आएको बताइएको छ ।
जेठ ९ गते (मंगलबार) दिउँसो शिक्षक नवराज बटाला, मिन रावलसहित अक्कल थापा, नर रावल डोजरसहित सामुदायीक वनबाट गिट्टी निकाल्न भनेर पुगेका थिए । तर, पहिरोको उच्च जोमिख रहेको क्षेत्रबाट गिट्टी उठाउन नदिने भन्दै विनोदले विरोध गरेका थिए ।
पहिरो रोकथामको लागि बगिरबजारबाट भानु जाने बाटोसँगै जोडिएको क्षेत्र समेटेर स्थानीयले कबुलियत वन दर्ता गरेका छन् । विद्यालले पहिरोको उच्च जोखिम रहेको स्थानबाटै विना जनाकारी विद्यालयले गिट्टी निकाल्न खोजेको थियो ।
विद्यालय बाहिरको मदिरा खाएर भएको विवादलाई विद्यालयका प्रअ जनक रावलले विद्यार्थीलाई विरोधमा उतार्ने र विद्यालय बन्द गर्न लगाएर राजनीतिक गरेको आरोप स्थानीयले लगाएका छन् ।
प्रअ रावलकै निर्देशनमा विनोदको विरुद्ध नाराबाजी गरेर बालबालिका प्रयोग गरेर वडा कार्यालय घेराउ गरे । “हामीलाई सरले नाराबाजी गर, सरलाई गालीबेइजत भयो भन्नुभयो, हामी नाराबाजी गर्दै वडा कार्यालय पुग्यौं” एक विद्यार्थीले भने ।
प्रतिक्रिया