काठमाडौँ । जेठ १३ मा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था सिडेनको केन्द्रीयसँगै प्रदेशहरूको समेत कार्य समिति चयन हुने भनेको छ । कार्यकारिणी समितिको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिएका छन् ।
यसै क्रममा इन्जिनियर लक्ष्मण केसी प्यानलसहित अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन् ।
सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताएका छन् । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया