• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रविले पुनः प्राप्ति गरेको नागरिकताको वैधता परिक्षण हुने

    377
    SHARES


    काठमाडौँ। रवि लामिछानेले माघ १५ गते पुनःप्राप्त गरेको नेपाली नागरिकताको वैधातामाथि परिक्षण हुने भएको छ ।

    अमेरिका नागरिकता लिएपछि स्वत नेपाली नागरिकता गुमाउनु भएका लामिछानेले पुनःप्राप्ति नगरी गत मंसिरमा भएको चुनावमामा भाग लिएपछि सर्वोच्चले उहाँको पद नै खारेज गरेको थियो ।

    २०५० सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता अमेरिकी नागरिकता पाएसँगै निष्क्रिय भए पनि उहाँले त्यहीँ निष्क्रिय नागरिकताकै आधारमा मंसिर ४ गते चितवन २ बाट चुनाव जितेका थिए ।

    त्यसमा प्रयोग भएको नागरिकता अवैध रहेको ठहर सर्वोच्चले गत माघ १३ गते गरेपछि उहाँले १५ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नेपाली नागरिकता पुनः प्राप्ति गरेका थिए ।

    उनले  पुनः प्राप्त गरेको नेपाली नागरिकता पनि अवैध रहेको दाबी गर्दै युवराज पौडेल सफलले सर्वोच्चमा रिट निवेदन दिए पनि प्रशासनले ठरपिठ गरेको थियो ।

    दरपिठविरुद्ध सफलले इजलासमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ