• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काभा महिला भलिबल- भारत बन्यो समूह विजेता

    329
    SHARES


    काठमाण्डाै। एनएससी- काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाललाई हराउँदै भारत समूह ‘ए’ काे विजेता बनेकाे छ ।

    आज बुधवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतसँग ३- १ पराजित भयाे । भारतले पहिलाे सेट २५-१२ र दाेस्राे सेट २६- २४ ले जित्याे । तेस्राे सेट नेपालले २५- २१ ले जिते पनि चाैथाे सेट फेरि भारतले २५- २१ ले जित्याे ।

    याे जितसँगै भारतले ३ खेलमा ९ अङ्क जाेडेकाे छ । उपविजेता बनेकाे नेपालकाे उति नै खेलमा ६ अङ्क छ । नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

    अब समूह ‘ए’ को उपविजेता बनेको नेपालले पर्सि शुक्रवार हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । यस्तै समूह ‘ए’ को विजेता बनेकाे भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

    प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

    राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ