• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दायर

    403
    SHARES


    काठमाण्डाै। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गरेको छ ।

    बुधवार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो ।

    उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ