• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

    517
    SHARES


    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

    महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भने, “लामो समयदेखि सशस्त्र द्वन्द्वको घातक असर आम नागरिकले भोग्दै आएका छन् । अब हामीले उनीहरूको रक्षा गर्ने आफ्नो वाचा पूरा गर्ने समय आएको छ ।”

    उनले युद्धकालमा नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न विश्व असफल भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति अझ बढी सम्मान गर्न आग्रह गरेका थिए ।

    गत वर्ष जनघनत्व भएका क्षेत्रमा तैनाथ विष्फोटक हतियारका कारण ज्यान गुमाउनेमा ९४ प्रतिशत सर्वसाधारण रहेको राष्ट्र सङ्घको तथ्याङ्क छ ।

    सन् २०२२ मा विश्वका ११ करोड ७० लाखभन्दा बढी मानिसले तीव्र भोकमरीको सामना गरेका थिए, जसको मुख्य कारण युद्ध र असुरक्षा थियो । गुटेर्रेसले द्वन्द्वले आम नागरिकमा पारेको प्रभावलाई कम गर्नुपर्नेमा जोड दिए । उनले भने, “केही युद्धरत पक्षहरूले बालबालिकाको सुरक्षा गर्न र मानवतावादीहरूलाई खाँचोमा परेका मानिसहरूसम्म पुग्न दिन कदम चालेका छन् । यो सकारात्मक कदम हो । तर अझै यो अपर्याप्त छ ।

    खाद्य सुरक्षालाई सम्बोधन गर्दै जारी युद्धका बीच युक्रेनबाट खाद्यान्न निर्यात गर्न ‘ब्ल्याक सी इनिसियटिभ’ जस्ता उपायहरूको साथै रूसी खाद्य र मललाई विश्व बजारमा ल्याउने सम्बन्धी समझदारी पत्रबारे पनि उनले उल्लेख गरे । गत नोभेम्बरमा, उनको पहलमा राज्यहरूले जनघनत्व भएका क्षेत्रहरूमा विस्फोटक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने वा निषेध गर्ने राजनीतिक घोषणापत्र पारित गरेका थिए

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ