• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

    1K
    SHARES


    अछाम । मेल्लेख गाउपालिका ४ कुस्कोटका साजन साउदको बिधुत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

    बिजुलीको तार जडान गर्न साजन बिजुलीको पोलमा चढेकाबेला कोहि अपरिचित ब्यक्तिले ट्रान्सफर्मर चालु गरेपछि सो घटना भएको प्रहरीले जनाएको छ ।

    यस्तै, अछाममा चट्याङ लागेर ४ जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका- १ मा गएराति हावाहुरी र वर्षासंगै परेको चट्याङ लागे ४ जना घाइते भएका हुन् ।

    प्रहरीका अनुसार घाइते हुनेमा कमलबजार नगरपालिका- १ का १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेका छन् ।

    घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए ।

    अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने चट्याङ लागेर १ भैसी पनि मरेको छ । केही घरमा पनि क्षति पुगेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ