• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जर्जियन एयरवेजद्वारा राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध

    596
    SHARES


    काठमाडौं। युरोपेली देश जर्जियाको राष्ट्रिय वायुसेवा कम्पनी जर्जियन एयरवेजले आफ्नै राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध लगाएको छ ।

    जर्जियाको राष्ट्रिय वायुसेवा कम्पनी जर्जियन एयरवेजका संस्थापकले देशकी राष्ट्रपतिलाई आफ्नो विमान प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

    जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले रुसका लागि उडान पुनः सुरु गरेमा आफूले एयर लाइन्सलाई बहिष्कार गर्ने बताएकी थिइन् । रुसले यहि महिना जर्जियासँग सीधा उडानहरूमा चार वर्ष पुरानो प्रतिबन्ध हटाइरहेको छ ।

    रुसले जर्जियालीहरूका लागि रुस भ्रमण गर्ने दशकौं पुरानो भिसा आवश्यकता पनि खारेज गर्ने घोषणा गरेको छ । जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिलीले जर्जियाली अधिकारीहरूलाई रुसी पहललाई विफल पार्न पनि आग्रह गरेकि थिइन् ।

    निजी स्वामित्वमा रहेको जर्जियन एयरवेजले जोराबिचभिली अब पर्सोना नन ग्राटा (अस्वीकार्य व्यक्ति) भएको बताएको छ । उनले जर्जियाली जनतासँग माफी नमागेसम्म प्रतिबन्ध कायम रहने पनि बताएकी छन् । यद्यपि जर्जियाली अधिकारीहरूले उडानहरू पुनः सुरु गर्ने निर्णयको स्वागत गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ