काठमाण्डाै । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटकाे छनाेटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् ।
वेस्ट इन्डिज २ पटककाे विश्व कप विजेता हाे । मङ्गलवार आईसीसीले विश्व कप छनाेटकाे समूह विभाजन गरेकाे हाे । समूह ‘ए’ मा नेेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् ।
नेपाले पहिलाे खेल असार ३ गते जिम्बावेसँग, दाेस्राे खेल असार ५ गते अमेरिकासँग, तेस्राे खेल असार ७ गते वेस्ट इन्डिजसँग र चाैथाे खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।
छनाेटअघि नेपालले दुई खेलकाे वार्म- अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्ने भएको छ ।
समूहको शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरणबाट शीर्ष २ टाेलीले प्रतियाेगिताकाे फाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टाेलीले आउँदाे अक्टाेबर- नाेभेम्बरमा भारतमा हुने विश्व कपका लागि छनाेट हुनेछन् ।
प्रतिक्रिया