काठमाडौँ। नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताए ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिएका हुन् ।
सापकोटाले नीति, कार्यक्रममा टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ओलीले हेडमास्टरी शैलीमा पढाएको बताएका थिए ।
‘हेडमास्टर भन्नुभो, हामी आक्रोशित छैनौं । नेकपा (एमाले) लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय सहितको परिवर्तनको, पुनर्जीवनको र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो, तपाईंहरूले दिएको उपाधिले पुग्दैन, उहाँ त भिसी (उपकुलपति हो, प्रोफेसर डाक्टर हो’ उनले भने ।
उनले ओली अहिलेको परिवर्तनको इन्जिनियर, आर्किटेक भएको पनि बताए । ‘उहाँ सबै हो, तपाईंहरूले कम्तीमा सिक्न पाउनुभएको छ। म बधाई भन्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया