• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप काठमाडौँमा सुरु

    480
    SHARES


    काठमाडौँ । राजधानीमा एनएससी- काभा महिला भलिबल च्यालेन्ज कप सुरु भएको छ ।

    सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

    भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिएको उक्त च्यालेन्ज कपमा नेपालसहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्न लागेका छन् ।

    प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान सहभागी रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ