• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा

    540
    SHARES


    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

    जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।

    टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

    नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ