• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई उन्मुक्ति दिए आन्दोलनमा जानुपर्छ- बक्ताहरु

    1.4K
    SHARES


    काठमाडौं । काठमाडौँस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर झुकेको बताएका छन्। कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चन’ ले अहिलेको दलाल संसदीय व्यवस्थाले आफ्नो फाइदाको लागि देश बेच्न पनि तयार हुने संस्कारको विकास गराएका कारण नेपालको शिर अन्तरराष्ट्रिय सत्रमा झुकेको बताए ।

    उनले मानव तस्करी र भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाइ संलग्नहरुलाई पक्राउ गरेकोमा प्रचण्ड सरकारलाई धन्यवाद समेत दिए । यस प्रकरणमा संलग्नहरुलाई मात्रै नभएर विगतमा भएका तमाम भ्रष्टाचारमा संलग्नहरुलाई समेत छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि सरकारसँग आग्रह गरेका छन्। त्यस्तै उनले यो दलाल व्यवस्थाका विरुद्ध निर्णायक हमला बोल्ने बेला आइसकेको भन्दै त्यसका लागि तयार रहन नेता कार्यकर्ता र नेपाली जनतालाई आग्रह पनि गरेका छन्।

    यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सिपी गजुरेलले भ्रष्टाचार र मानव तस्करीका कारण बुद्ध र सगरमाथाको देशको सम्मान अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुले गुमाउनु परेको बताए । भ्रष्टाचारको सम्बन्ध मानव तस्करसँग रहेको भन्दै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न मानव तस्करहरुलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिए । उनले यो प्रकरणमा संग्लग्न अपराधीलाई उन्मुक्ति दिन खोजे प्रचण्ड सरकार बिरुद्ध देशैभर आन्दोलनको आँधीबेहरी उठ्ने र त्यसको नेतृत्व आफुहरुले गर्ने चेतावनी दिए ।

    संसदीय व्यवस्थाको भ्रष्टीकरण र असफलताबाट प्रतिगामी पुनरुत्थानवादीहरु समेत अहिले हौसिरहेको र जनतालाई भ्रमित तुल्याइरहेको भन्दै गजुरेलले जनताको चाहना अनुसार नै भ्रष्टाचारविरुद्ध देशव्यापी संघर्षको घोषणा गरी संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको दिशामा आन्दोलनलाई लैजाने अभिभारा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको काँधमा आएको पनि बताएका छन् । यस्तै गजुरेलले क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएकोले छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आव्हान गरेका छन्।

    त्यस्तै कार्यक्रममा बोल्दै नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले नेपालमा भ्रष्टाचारको जालो वडास्तरसम्म फैलिएको र अन्तर्राष्ट्रिय जगतमा समेत बद्नाम बन्न पुगेकोले यही व्यवस्थालाई कायम राखेर भ्रष्टाचारको अन्त्य नहुने भन्दै यो संसदीय व्यवस्थालाई फालेर मुलुकमा समाजवादी व्यवस्था स्थापित भएपछि मात्रै भ्रष्टाचारको अन्त्य हुने दावी गरे ।

    त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा पुर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई जोगाउने खेल भइरहेकोतर्फ इङिगत गर्दै दुईवटा पासपोर्ट लिएका रवि लामिछानेलाई सरकारले क्याविनेट निर्णयबाटै उन्मुक्ति दिएजस्तै यस प्ररणमा पनि संलग्न मुख्य अपराधी, तस्करहरुलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको दावी गरे । अर्थविद् क्षेत्रीले घटना क्रमले यही संसदीय व्यवस्थाभित्र जनताको अवस्था बदलिने नदेखिएकोले अब अग्रगामी परिवर्तनतर्फ देशलाई लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्षको घाषणा गरेको छ । जेठ ५ मा बसेको सो पार्टीको कार्यालयको बैठकले जेठ ७ देखि १७ गतेसम्म भ्रष्टाचारका विरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको आयोजित अन्तरक्रिया कार्यक्रममा नेताहरुले जानकारी समेत दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ