• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    काभा कप : ट्रफी सार्वजनिक

    532
    SHARES


    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरिएको छ ।

    आइतबार नेपाल भलिबल संघले जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने काभा महिला च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरेको हो ।

    त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।

    प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहने छ ।

    खेल अगाडि आयोजित प्रि- म्याच कन्फ्रेन्समा सहभागी देशका कप्तानहरुले प्रतियोगिताका लागि टिमले निकै तयारी गरेको भन्दै जितको लक्ष्यका साथ अघि बढ्ने बताएका छन् ।

    नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले लगातार जित हासिल गरेर ह्याट्रिक गर्ने योजनामा रहेको बताइन् । उनले ३ महिनादेखिको तयारीलाई खेलमार्फत प्रदर्शन गर्ने पनि बताइन् । प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ७१ लाख रहेको संघले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ