• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    धनगढीमा डा. प्रसन्ना मृत्यु प्रकरण- १ युवक पक्राउ

    0.9K
    SHARES


    काठमाडौं । कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएपछि घटना अनुुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय पुगेका थिए ।

    चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ